logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शिक्षक संगठन कालीकोटको अध्यक्षमा शाही निर्वाचित


  • जन आकाश
  • आइतबार, फाल्गुन १८ २०८१

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन कालीकोटको १४ औं जिल्ला अधिवेशनबाट नमराज शाहीको नेतृत्वमा ३७ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । शुक्रबार सुरु भएको अधिवेशन ३७ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गर्दै शनिबार सकिएको हो ।



समिति उपाध्यक्षमा राधिका शाही र दौलतबहादुर शाही, सचिवमा कृष्णप्रसाद बराल, कोषाध्यक्षमा रत्नबहादुर शाही, सहसचिवमा रेशमा शाही र सहक‍ोषाध्यक्षमा देउकला आचार्य मल्ललगायत निर्वाचित भएको शिक्षक संगठनका प्रदेश उपाध्यक्ष दीपबहादुर शाहीले बताए । उनका अनुसार संघमा कालीकोट जिल्लाभरका ७ सय शिक्षक संगठनमा आबद्ध छन् ।

अधिवेशनको बन्द शत्रले गुणस्तरीय शिक्षाका लागि शिक्षकको सुविधा बढाउनु पर्ने, शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने, विद्यालयमा भौतिक पूर्वाधार, शिक्षक दरबन्दी, प्रविधिमैत्री कक्षाकोठा बनाउनु पर्ने लगायतका विषयमा छलफल गरेको शिक्षक नेता पंखबहादुर शाहीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend