logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल आइपुगे भेट्रान गोलकिपर बफोन


  • जन आकाश
  • आइतबार, फाल्गुन १८ २०८१

काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आएका छन्।



इटालीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार नेपाल आइपुगेका हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा युवासंघ अध्यक्ष क्षितिज थेवे, कान्तिपुर टेलिभिजनका सिइओ सुरजसिंह ठकुरी लगायतले स्वागत गरेका थिए।

सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन्। सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरे।

बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend