जन आकाश
बिनोद नेपाली
काठमाडौ । रामेछापका सुजन कार्की संगीत क्षेत्रमा सक्रिय छन्। हालै औपचारिक रूपमा संगीत यात्रा शुरु गरेका कार्की स्कुल बढ्दा ,घाँस दाउरा गर्दा गीत संगीत सुन्ने र गुन्गुनाउने गर्थे। उनले अहिले बजारमा सार्वजनिक गरिसकेकाछन भने संगीत क्षेत्रमा भविष्य खोजिरहेका छन्। विशेषगरी रर्याप गितमा उनको विशेष रुचि र लगाव छ।
सुजनले गरेका कुराकानी
“मेरो नाम सुजन कार्की हो। मेरो घर रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ४, बेतालीमा रहेको छ। मेरो बाल्यकाल बेतालीमै बितेको हो। यहाँको रनबन चहार्दै मैले आफ्नो बाल्यकाल व्यतीत गरेको हुँ।
मेरो पहिलो रेकर्ड भएको गीत “अधुरो माया” हो। यो गीत २०८० सालको चैत्र महिनामा बजारमा आएको थियो। यस गीतमार्फत मैले संगीत यात्रामा नयाँ कदम राख्न सकेँ। अधुरो मायाु गीतमा मेरो र युवराज कार्कीको शब्द, सङ्गीत र स्वर रहेको छ। अभिनयमा बिना राउत र मैले साथ दिएको छौँ। यस गीतलाई दर्शकहरूले दिएको माया र हौसलाले मलाई उत्साहित बनाएको छ। पहिलो गीतमै पाएको हौसला नै मलाई अगाडि बढ्न प्रेरित गरेको छ।
मेरो दोस्रो गीत “फुच्ची” हो र अहिले मेरो तेस्रो गीत “किन” बजारमा ल्याइसकेको छु। यस गीतमा जीवनका वास्तविक भोगाइ र समाजका चिजहरूलाई समेट्ने कोसिस गरेको छु। आशा छ, यो गीत पनि दर्शक स्रोताले माया गरिदिनु हुनेछ। पहिलाजस्तै म यसबाट हौसला र प्रेरणा पाउने अपेक्षामा छु।
साङ्गीतिक यात्रामा वा जीवनमा उतारचढाव आउनु स्वाभाविक हो। मैले यो बुझ्न थालेको छु कि संघर्षलाई छोड्नु हुँदैन, तर धैर्य र निरन्तर प्रयास आवश्यक छ। एक दिन सफलता पक्कै हासिल हुन्छ भन्ने विश्वास म राख्दछु।
जीवनमा सफलताबारे कुरा गर्दा, असफलता र सफलता सँगै आउँछन्। एक गायकको नाताले म र्याप गीत लेख्न र गाउनमा रमाउँछु। राम्रो र्याप लेख्न पाउँदा खुशीको अनुभूति हुन्छ। भविष्यमा अझ राम्रा गीतहरू ल्याउने लक्ष्य राख्दछु।
भर्खरै बजारमा ल्याएको गीत “किन”लाई धेरैले मन पराइरहनु भएको छ। यो गीत माया प्रेममा धोका पाएको युवाको भावनालाई उजागर गर्दछ। यस गीतको म्युजिक भिडियो पनि त्यही भावनालाई समेट्दै तयार गरिएको हो।
यस गीतको एरेन्ज चर्चित एरेन्जर के(पासले गरेका छन्। दर्शकबाट आएका सकारात्मक प्रतिक्रिया र माया देखेर मलाई खुशी लागेको छ। अब आउने दिनहरूमा पनि मेहनत गर्दै अझ राम्रो गीतहरू ल्याउनेछु। संगीत मेरो लागि जीवनको उर्जा हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend