logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

९७ औं ओस्कर अवार्डआईएम स्टिल हेयरु बेस्ट इन्टरनेसनल फिचर फिल्म


  • जन आकाश
  • सोमबार, फाल्गुन १९ २०८१

काठमाडौं । ९७ औं संस्करणको ओस्कर ९एकेडेमी अवार्ड० पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भइरहेका छन् ।



वाल्टर सेलिजको फिल्मुआई एम स्टिल हेयरुले बेस्ट इन्टरनेसनल फिचर फिल्मको अवार्ड पाएको छ
उत्कृष्ट सिनेमाटोग्राफी फिल्मुद ब्रुटलिस्टु का लागि लोल क्रलीले पाएका छन् ।

लाइभ एक्सन सर्ट फिल्मको ओस्कर अवार्ड फिल्मुआई एम नट अरोबोटुले पाएको छ ।

यसैक्रममा उत्कृष्ट साउन्ड र भिजुअल इफेक्ट्सको ओस्कर अवार्ड फिल्मुडुन पार्ट २ ले पाएको छ ।

उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्मको अवार्ड नो अदर ल्यान्डुले पाएको छ भने उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड द ओन्ली गर्ल इन द अर्केस्ट्राुले पाएको छ ।

त्यस्तै, ओरिजिनल सङको ओस्कर अवार्ड फिल्म इमिलिया पेरेजुको गीत इल मलुले पाएको छ ।

अभिनेता कीरन क्लकिनले फिल्मुअ रियल पेनु फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् भने अभिनेत्री जो साल्डानाले फिल्म इमिलिया पेरेजुबाट उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार उचालेकी छन् ।

उत्कृष्ट फिल्म सम्पादको अवार्ड फिल्मुअनोराुले पाएको छ । सिन बेकरको फिल्म अनोराुले ओरिजिनल स्क्रिनप्लेको ओस्कर अवार्ड समेत पाएको छ ।

एडाप्टेड स्क्रिनप्लेको अवार्ड भने पिटर स्ट्राउगनको फिल्म कनक्लेभुले पाएको छ ।

उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको अवार्ड फिल्मुद सब्सटेन्सुले पाएको छ

यसअघिको घोषणाबाट फिल्मुफ्लोुले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ द स्याडो अफ द साइप्रेसुले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ ।

उत्कृष्ट प्रोडक्सन डिजाइन र कस्टुम डिजाइनको ओस्कर अवार्ड भने फिल्मुविकेडुले पाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend