जन आकाश
बिनोद नेपाली
काठमाडौं । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्ले आफ्नो १०औं स्थापना दिवसको अवसरमा समाजसेवी तबरेज आलमलाई सम्मानित गरेको छ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थिति रहेको थियो।
परिषद्ले युवाहरूको सामाजिक सशक्तिकरण, समावेशीकरण तथा समाज सेवामा पुर्याएको योगदानको कदर गर्दै आलमलाई विशेष सम्मान(पत्र प्रदान गरेको हो।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवाहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूलाई सही मार्गदर्शन र सम्मान दिनु सरकारको दायित्व रहेको बताए।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले तबरेज आलमको सामाजिक योगदानको प्रशंसा गर्दै भने, “युवा नेतृत्वद्वारा सञ्चालित समाजसेवामूलक कार्यहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनेछन्।”
सम्मान ग्रहण गर्दै समाजसेवी तबरेज आलमले भने, “यो सम्मानले अझ बढी सामाजिक कार्यमा समर्पित हुन हौसला प्रदान गरेको छ। आगामी दिनमा युवाहरूलाई सशक्त बनाउन र सामाजिक परिवर्तनका अभियानलाई निरन्तरता दिनेछु।”
राष्ट्रिय युवा परिषद्ले युवाहरूको क्षमता अभिवृद्धि र सामाजिक परिवर्तनमा सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ।
तेजुलाल चौधरी, सुरेन्द्र बस्नेत र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न यो सम्मान कार्यक्रमले समाजसेवामा समर्पित युवाहरूलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend