logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

“होस्टेल–३”को गीत सार्वजनिक


  • जन आकाश
  • आइतबार, चैत्र ३ २०८१

काठमाडौं । फिल्म “होस्टेल-३” मा समावेश गीत “रक अन” युट्युबमा सार्वजनिक गरिएको छ।



फिल्मका प्रमुख कलाकारहरू पारस बम ठकुरी कुलब्वाइ र रिहान गिरीका साथमा समीर काजीको स्वर रहेको गीत आइतबार बिहान युट्युबमा सार्वजनिक गरिएको हो।

फिल्मको अन्त्यमा राखिएको यो गीतको माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताए। गीतको शब्द तथा संगीत महेश ज्ञवालीको हो भने एरेन्ज योगेश काजीले गरेका छन्।

होस्टेल-३  ले नेपालमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले पहिलो हप्ता मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend