logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङका साथ दिगो प्रतिबद्धता बलियो बनाउदै बीवाईडी


  • जन आकाश
  • मंगलबार, चैत्र ५ २०८१

काठमाडौं । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्रामलाई कार्यान्वयन गरेको छ ।



यसले वातावरणीय दिगोपनाप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । विश्व नै हाल इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेको समयमा वास्तविक रुपमा दिगो ईभी इकोसिस्टम प्राप्तिका लागि जिम्मेवार रुपमा ब्याट्री व्यवस्थापन गर्नु महत्वपूर्ण छ ।

बीवाईडी त्यही महत्वपूर्ण कार्यमा अग्रसर भएको छ । सो पहलको एक भागको रुपमा बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियामा अवस्थित आइटी एसेट पार्टनर्स इंक(IT Assers Partners Inc.) र चीनको वुहुमा अवस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजी (Anhui Lecheng Lithum Ion Technology) कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

सन् २०२४ मे २८ मा औपचारिक रुपमा घोषणा गरिएको सो सहकार्यले बीवाईडी ईभीमा प्रयोग भएका लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्ष रुपमा रिसाइक्लिङ गर्ने कार्यलाई सुनिश्चित गर्नेछ ।

ब्याट्री रिसाइक्लिङमा बीवाईडीको सर्कुलर इकोनोमी अप्रोच दुवै सेवा प्रदायक कम्पनीहरु आरटु सर्टिफाइड अर्थात रेस्पोन्सिबल रिसाइक्लर सर्टिफाइड (R2 (Responsible Recycler) Certified) हुन्, जसले दिगो रिसाइक्लिङको ग्लोबल स्ट्यान्डर्ड पुरा गर्छन् । रिसाइक्लिङ प्रक्रिया अन्तर्गत क्यापासिटी टेस्टिङ, सेफ डिस्म्यान्टलिङ, मेटरियल रिकभरी र इको–फ्रेन्ड्ली प्रोसेसिङ गरिन्छ ।

प्रयोग भइसकेको ब्याट्रीको पुनः प्रयोगको सम्भावनाको मूल्यांकन कार्य क्यापासिटी टेस्टिङमा गरिन्छ । प्रयोगमा नआउने ब्याट्रीलाई सावधानीपूर्वक नष्ट गर्ने कार्य अर्थात सेफ डिस्म्यान्टलिङ (safe dismantaling) त्यसपछि गरिन्छ ।

त्यसपछि लिथियम, निकेल र कोबाल्ट जस्ता महत्वपूर्ण कच्चा पदार्थ निकाल्ने कार्य मेटरियल रिकभरी अन्तर्गत पर्छ भने अन्त्यमा यसरी रिसाइकल गरिएका सामग्रीहरु अनुमति प्राप्त कम्पनीहरुलाई उपलब्ध गराउने कार्य गरिन्छ ।

ब्याट्री उत्पादन देखि रिसाइक्लिङ सम्मको सम्पूर्ण प्रक्रियामार्फत बीवाईडीले इलेक्ट्रोनिक प्रदूषण घटाउने, प्राकृतिक सम्पदा संरक्षण गर्ने र कार्बन फुटप्रिन्टलाई न्यून गर्ने कार्यमा महत्वपूर्ण कदम चालेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend