logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रेमिल गीत “संसार सारा” सार्वजनिक


  • जन आकाश
  • आइतबार, चैत्र १० २०८१

काठमाडौं । दिनेश भुजेल र रोजिना बस्नेतको स्वरमा “संसार सारा” बोलको गीत युट्युबमा सार्वजनिक भएको छ।



यो प्रेमिल गीतको शब्द प्रमोद भण्डारीका हुन्। नवीन कार्कीको कम्पोज रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ।

भिडिओमा गायक दिनेश स्वयंका साथमा सुष्मा श्रेष्ठ प्रस्तुत छन्। गीतमा एक–अर्काप्रतिको प्रेम र समर्पणका कुरा गरिएको छ।

भिडिओको कोरियोग्राफर तथा निर्देशक विक्रम चौहान हुन्। प्रकाश खड्काको टीमको छायांकन रहेको भिडिओ लक्ष्मण चौहानले सम्पादन गरेका हुन्।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend