logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले सुरु गर्‍यो


  • जन आकाश
  • सोमबार, चैत्र ११ २०८१

काठमाडौं । नेपाल – १० चैत २०८१ – यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले ७१.३३ किलोमिटर प्रतिलिटरको ARAI-प्रमाणित माइलेजको साथ इन्धन दक्षतामा नयाँ बेन्चमार्क स्थापित गर्दै ‘हाइएस्ट माइलेज इन नेपाल’ सगर्व प्रस्तुत गरेको छ।



एड्भान्स हाइब्रिड टेक्नोलोजीका साथ निर्माण भएको रेजेडअर १२५ एफआई हाइब्रिडले पावर, दक्षता र स्मार्ट इनोभेसनको उत्तम सन्तुलन प्रदान गर्दछ, जसले यसलाई पर्फर्मेन्स र माइलेज दुवै खोज्ने राइडरहरूको लागि उपयुक्त विकल्प बनाउँछ।

रेजेडआर १२५ एफआई हाइब्रिडमा हाइब्रिड पावर असिस्ट प्रणाली रहेको छ जसले एक्सेलेरेशनको समयमा अतिरिक्त टर्क बूस्ट प्रदान गर्दै सहज एवम् शक्तिशाली सवारी सुनिश्चित गर्दछ।

साथै, यसको OBD-II अन-बोर्ड डायग्नोस्टिक्स II) प्रणालीले निरन्तर रियल-टाइम इन्जिन हेल्थको निगरानी गर्दछ र चिन्तामुक्त सवारी अनुभवको लागि टिकाउ र विश्वसनीयता दुवै बनाउँछ।

खेलकुद र युवा संलग्नताप्रति प्रतिबद्ध यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड आगामी नेपाल सुपर लिग (NSL) सिजन ३ मा काठमाडौँ रेजर्स टिमको टाइटल स्पोन्सर हो। एनएसएल सिजन १ को च्याम्पियनको रूपमा काठमाडौँ रेजर्सले नेपालको फुटबल लिगमा आफूलाई एक प्रमुख शक्तिशाली टोलीको रूपमा स्थापित गरेको छ र टोलीको लागि आफ्नो
अटुट समर्थन जारी राख्न पाउँदा यामाहा गर्व गर्दछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend