logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

समाजवादी मोर्चाको प्रदर्शनको कारण ‘पिताम्बर’को भृकुटीमण्डप कार्यक्रम स्थगित


  • जन आकाश
  • बिहिबार, चैत्र १४ २०८१

 



काठमाडौं । नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म हो ‘पिताम्बर’ । निर्माण युनिटले शुक्रबार

काठमाडौँको भृकुटीमण्डप एक उत्सव सहित ट्रेलर सार्वजनिक कार्यक्रम तयारी गरेको थियो । उक्त कार्यक्रम अहिले स्थगित गरिएको छ ।

शुक्रबार माओवादीसहितका दल संलग्न समाजवादी मोर्चाले भृकुटीमण्डपमा विशाल प्रदर्शन गर्ने भएपछि फिल्मको कार्यक्रम स्थगित गरिएको निर्देशक कृषा चौलागाइँले बताइन् ।

पिताम्बर’ उत्सव नाम दिइएको कार्यक्रममा फिल्मका कलाकार, गायक गायिका, टिमसहित एक हजार बढी दर्शक सहभागी हुने अपेक्षा निर्माण

टिमले गरेको थियो । उक्त कार्यक्रमका लागि निर्माताले डिजिटल डिस्प्ले बोर्डदेखि साउन्ड सिस्टमसम्म लाखौं खर्च गरिसकेका थिए । तर, प्रदर्शनका कारण कार्यक्रम स्थगित गर्नुपरेको हो । कार्यक्रम स्थगित गर्नुपर्दा निर्माण युनिटलाई लाखौँ घाटा लागेको छ ।

फिल्म रिलिजका लागि अब १४ दिन मात्र बाँकी छ । जतिसक्दो चाँडो ट्रेलर सार्वजनिक गर्नुपर्ने बाध्यात्मक अवस्थामा निर्माण युनिटमा छ । केही दिनमै समय अनुकुल मिलाएर कार्यक्रम राख्ने निर्माण युनिटले जनाएको छ ।

कृषा चौलागाइँ निर्देशित फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा,

प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्यदेव, सुपुष्पा भट्ट, दिव्या रायमाझी, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, गौरव विष्ट लगायतको अभिनय छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend