logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा


  • जन आकाश
  • आइतबार, चैत्र २४ २०८१

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा संचालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (Cimex BYD Charity Foundation – CBCF) ले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ (CBCF Project Dolphin) को सगर्व घोषणा गरेको छ, जुन नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल हो ।



विश्व जलचर जनावर दिवस अर्थात वर्ल्ड अक्वाटिक एनिमल डे को अवसरमा बिहीबार सन् २०२५ अप्रिल ३ मा पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रुपमा लन्च गरियो, जसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद र सामुदायिक अगुवाहरुलाई एकै स्थानमा ल्याउने छ ।

गंगा नदी डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन्, जुन संसारभर ३ हजार ५ सय भन्दा कम संख्यामा मात्र रहेका छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ । नेपालमा बीवाईडी डल्फिन ईभी लोकप्रिय छ ।

बीवाईडी डल्फिन ईभी र यही नामको जीवको संरक्षण बिचको उल्लेखनिय तालमेलको आधारमा सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढावा दिने लक्ष्य राखेको छ ।

इभेन्टका मुख्य आकर्षणहरु सीबीसीएफ प्रोजेक्ट डल्फिन लन्चको अवसरमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसन (Community,
Collaboration, and Conservation)  विषयमा प्यानल डिस्कसन सम्पन्न भयो ।

मिडियाकर्मी अभय राज जोशी मोडरेटर रहेको सो प्यानल डिस्कसनमा प्यानलिस्टको रुपमा राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत तथा नेसनल जियोग्राफिक अनुसन्धानकर्ता र जुलोजिकल सोसाइटी अफ लन्डनको  प्रोग्रामका फेलो अम्बिका प्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालयबाट मर्करी पोलुसन इन अक्वाटिक इकोसिस्टममा विशेषज्ञता प्राप्त गरिरहेका प्राध्यापक छत्रमान शर्मा, पीएचडी तथा जेन गुडअल इन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक एवम् जनावर अधिकार तथा वातावरणीय न्याय अभियन्ता सृष्टि सिंह भण्डारी र फ्रेसवाटर, डब्लुडब्लुएफका प्रोग्राम एसोसिएट तथा अक्वाटिक इकोसिस्टम विशेषज्ञ आशीष कपाली सहभागी हुनुभएको थियो ।

सो इभेन्टको अवसरमा वन्यजन्तु संरक्षणमा उहाँको दशकौं लामो योगदानका लागि ‘गुलेली बाजे’ को नामले परिचित ९१ वर्षिय भोजराज श्रेष्ठलाई सम्मान गरियो । उहाँले डल्फिन संरक्षण कार्यका लागि नेपालमै पहिलो प्रयासको नेतृत्व गर्नुभएको थियो ।

उहाँले चरा र डल्फिनलाई पुग्ने हानिबाट बचाउनका लागि नेपालभरका बालबालिकाबाट ८ हजार भन्दा बढी गुलेली संकलन गर्नुभएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend