logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“न दिन सके खुशी तिमीलाई” सार्वजनिक


  • जन आकाश
  • मंगलबार, चैत्र २६ २०८१

काठमाडौं । सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको मार्मिक गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ ।



देवेन्द्र नेवाको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ एवम् माष्टरिङ र राजबाबु थापा रेकर्डिष्ट रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको छायांकन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको कलर संयोजन र लक्षमण चौहानको सम्पादन छ ।

आफूले माया गरेको मान्छेलाई खुशी दिन नसकेको र आफू पनि खुशी हुन नसकेको गीतमा व्यक्त गरिएको छ । उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । पौडेलका थुप्रै गीत श्रोतारदर्शकमाझ लोकप्रिय छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend