जन आकाश
काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड मि.जुनियर एण्ड सिनियर आइडल सिजन २” को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै प्रतिभाशाली बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ।
सन् २०१९ मा अवधारणा तयार गरी २०२० मा स्थापना भएको स्पार्कल इन्टरटेन्मेन्टले यसअघि २०२१ मा मिस तथा मिसेस युनिभर्सलू कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको थियो। त्यसैको निरन्तरता स्वरूप यो वर्ष सिजन २ को आयोजना गरिएको हो।
प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागीहरूलाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend