logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सिताराम घिमिरे र रेखा पोखरेलको आवाजमा “बास्ना हरर” बोलको गीत चर्चामा


  • जन आकाश
  • शुक्रबार, चैत्र २९ २०८१

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा मोडल सिताराम घिमिरे र पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकी गायिका रेखा पोखरेलको सुमधुर आवाजमा “बास्ना हरर” बोलको गीत (अन्नत फिल्मस) युट्युब च्यानलमाबाट  सार्वजनिक गरिएको छ ।



गीतको शब्द, संगीत राजेन्द्र रावतले सिर्जना गरेका हुन्। गायक घिमिरे र गायिका पोखरेलको मिठासपूर्ण आवाजले गीतलाई अझ प्रभावशाली बनाएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले उल्लेखनीय चर्चा बटुल्न सफल भएको छ।

गीतको निर्माण अन्नत कुमारी घिमिरेले सम्हालेकी हुन् भने निर्देशन स्वयंम गायक सिताराम घिमिरेले गरेका छन्। छायाङ्कनदेखि सम्पादनसम्मको पक्ष उत्कृष्ट देखिएको छ, जसले गीतको सम्पूर्ण प्रस्तुतीलाई आकर्षक बनाएको छ।

गायिका रेखा पोखरेल पछिल्लो समय टिकटक, युट्युबजस्ता डिजिटल मिडियामा निकै लोकप्रिय हुँदै गएकी छन्। उनको आत्मीय गायनशैली, सरलता र प्रभावशाली प्रस्तुतीलाई दर्शक, श्रोताहरूले मन पराइरहेका छन्।

गीतले जिवनमा अनेकौं उतारचढाव आउँछन्, तर कहिल्यै हरेस खानु हुँदैन,कुरा काट्ने मानिसकोपछि लाग्नु हुँदैन् सकारात्मक बाटो हिड्नु पर्छ भन्ने सकारात्मक सन्देश दिएको छ। यो गीतलाई लिएर मोड्ल तथा गायक सिताराम घिमिरेको निकै प्रसंसा गरिएको छ ।

सानै उमेरदेखि गीत संङ्गीतमा रुची देखाउने अवसरको खोजीमा भौतारीयका दक्षिण पहाड् ललितपुरको इकुडोलका ९ निवासी सिताराम घिमिरेका थुप्रै गीत निकै चर्चामा रहेकाछन् भने कति गीतले नेपाली सागीतिक क्षेत्रमा इतिहास समेत रच्न सफल भएकाछन् ।

उनै गायक तथा मोड्ल  घिमिरेले  एक दर्जनभन्दा बढी नेपाली सिरियल र केही फिल्ममा समेत अभिनय गरेकाछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend