logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

विन्ध्यवासिनी म्युजिक अवार्डमा सर्वोत्कृष्ट गायिका उषा गजुरेल


  • जन आकाश
  • आइतबार, चैत्र ३१ २०८१

काठमाडौं। पन्ध्रौ संस्करणको बिन्ध्याबासिनी म्यूजिक अवार्ड वितरण गरिएको छ। राष्ट्रिय नाचघर जमलमा आयोजित समारोहमा १७ ओटा विधामा अवार्ड वितरण गरिएको हो ।



जसमध्ये दोलखाली गायिका उषा गजुरेललाई पन्ध्रौ बिन्ध्याबासिनी म्यूजिक अवार्ड तर्फ सुगम सङ्गीत सर्वोत्कृष्ट गायिका उपाधि मौसम गीत बाट हात परेको हो। गायिका उषा गजुरेलले यो भन्दा पहिले जीनियस म्युजिक अवार्ड जुरी तर्फ उत्कृष्ट नव गायिका उपाधि २०७९ हात पारेकी थिइन्।

विगत ७ वर्ष देखि नेपाली गीत संगीत मा बेग्लै परिचय बनाउन सफल गायिका गजुरेलका लोक, आधुनिक फिल्मी सबै जगतका गीत गाउने क्षमताका कारण अझै लोकप्रिय बन्दै छिन्।

गायिकाले भ्वाइस अफ नेपाल सिजन ४ मा समेत आफ्नो प्रतिभा प्रस्तुत गरेकी थिइन् ‌। श्वास ,मौषम, हजुरकै मायाले, मायाको सम्झन दिन मा लाख्चोटी, कुटुकुटू, यो सोझो पल्कियो , माँडूली, स्वार्थी संसारमा, आमा जस्ता गीत हरु लोकप्रिय छन्।

गजुरेलको मौसम गीत दोलखाको कालिञ्चोक, भिमेश्व, जिरी, खरिढुङ्गा लगायतका ठाउँमा खिचिएको छ ।

जसमा लोकप्रिय कलाकार लक्ष्मण देवकोटा र उनै हजुरको अभिनय रहेको छ। त्यस्तै बरिष्ठ संगीतकार सुरेश अधिकारीको शब्द सङ्गीतमा बनेको अडियोमा भिडियो तर्फ सम्राट दाहालको डाइरेक्सन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend