जन आकाश
काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ ।
ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने छ । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो ।
सो वारेन्टी अन्तर्गत निम्न कभरेज उपलब्ध हुनेछन् ब्याट्री वारेन्टी – पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु-याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो ।
मोटर वारेन्टी – ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु-याइएको छ । यसले हाम्रा मूल्यवान ग्राहकहरुमा लामो समय सम्म मानसिक शान्ति सुनिश्चत गर्नेछ ।
होल भेइकल वारेन्टी – लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पु-याइएको छ ।
जनरल भेइकल पार्ट्स वारेन्टी – अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पार्ट्स वाहेकका सबै भेइकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पु-याइएको छ ।
यो एक्सटेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनियताप्रतिको बलियो विश्वासलाई झल्काउँछ । ग्राहकलाई एउटा विश्वासको अनुपम भावना र दीर्घकालीन आश्वासन प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ, जसले ईभीको अपनत्वलाई एउटा तनावरहित अनुभव प्रदान गर्नेछ ।
यो नयाँ अपडेटको वारेमा बोल्दै साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भन्नुभयो, ‘हाम्रो यो एक्सटेन्डेड वारेन्टीले बीवाईडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति हाम्रो दृढ विश्वास र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ ।
विद्युतीय सवारीतर्फको रुपान्तरण तीव्र गतिमा अगाडि बढिरहेको समयमा, यो पहलले हाम्रा ग्राहकहरूमाझ दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौं ।’
अटोमोबाइल उद्योगकै उत्कृष्ट आफ्टर सेल्स सपोर्टका साथ अत्याधुनिक सवारी साधन उपलब्ध गराएर विद्युतीय सवारीको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न साइमेक्स सदैव प्रतिबद्ध छ ।
नेपालभर रहेका १३ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर तथा बढ्दो सेल्स र चार्जिङ नेटवर्कमार्फत बीवाईडीका ग्राहकले आफनो यात्राको क्रममा जहाँबाट पनि व्यापक सपोर्ट प्राप्त गर्न सक्नु हुनेछ ।
परिमार्जित वारेन्टी नीतिको वारेमा विस्तृत जानकारीका लागि ग्राहकहरुले नजिकको बीवाईडी शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend