जन आकाश
काठमाडौं । ओम प्रतिक निर्देशित फिल्म “मोहर” साउन २३ गतेदेखि प्रदर्शन हुने भएको छ।
शुक्रबार निर्माण टिमले अभिनेता पल शाहको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।
फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको कथा ओम प्रतिकले लेखेका हुन्। फिल्ममा चुम्बन जंग शाहीको लगानी छ। फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल-कलाकार सारा शर्माको अभिनय छ।
दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ।
फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन्। कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्। फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend