logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘नरसिंहा’को ‘अच्छा लेकिन’ गीत सार्वजनिक


  • जन आकाश
  • आइतबार, बैशाख ७ २०८२

काठमाडौं– जेठ ९ गतेबाट सार्वजनिक हुन लागेको चलचित्र ‘नरसिंहा’को गीत ‘अच्छा लेकिन’ गीत सार्वजनिक भएको छ ।



बुधबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्म ‘नरसिंहा’को गीत सार्वजनिक गरीएको हो । उक्त गीत ‘दैव संजोग’ फिल्मको लोकप्रिय गीत ‘अच्छा लेकिन लण्डनको चिसो…’ भन्ने गीतलाई पुनः रेकर्ड गरेर फिल्म ‘नरसिंहा’मा समावेश गरिएको हो ।

गीतको पुराने भर्सनमा शम्भुजित र देविका बन्दनाको स्वर थियो भने नयाँ भर्सनमा शम्भुजित बाँस्कोटा र रचना रिमालको स्वर रहेको छ । यस गीतकको पुरानो भर्सनमा शब्द, संगीत, स्वर शम्भुजित बाँस्कोटाको रहेको थियो भने नयाँ भर्सनमा पनि उनकै शब्द, संगीत र स्वर रहेके छ ।

यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, दीपा शाही, एल्भिना खड्का लगायतको तृत्य देख्न सकिन्छ ।

आगामि जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहा’मा राजेश हमालले ८ वर्ष पछि फिल्ममा कमव्याक गरेका हुन् । छायांकलनको क्रममा बाहिरिएका तस्वीरबाट उनी फिल्ममा प्रहरीको भूमिकामा परहेको खुलासा भई सकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend