जन आकाश
काठमाडौं । २०८२ – यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई-पांग्रे सवारी साधन पारखीकालागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ।
यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागु हुनेछ। यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो।
यो सीमित अवधिको अफरमा ग्राहकहरूले निम्न फाइदाहरू लिन सक्नुहुन्छ:
. जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम रु.२५,००० को भ्यालुएसन कर चुक्ताको प्रमाणपत्र अनिवार्य।
. एक्सचेन्ज भ्यालु अझ बढाउन थप रु. १०,००० को अतिरिक्त भ्यालुएसन।
. धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा।
. यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९५ व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा।
. Thrill of 3 अफर अन्तर्गत रु. १ लाखसम्मको स्योर शट छुट।
. उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजहरू।
यामाहाका भर्साटायल र डाइनामिक मोडलहरूले हरेक प्रकारका चालकहरूको लागि उपयुक्त रोजाइ सुनिश्चित गर्दछ।
हाइ-माइलेज र स्मार्ट पर्फर्मेन्सका लागि डिजाइन गरिएको RayZR 125FI Hybridदेखि लिएर रेसिङ पारखीहरूबीच लोकप्रिय बनेको स्पोर्टी र आक्रामक R15 सम्म, यामाहाको मोडलहरू फरक फरक आवश्यकता अनुसार उपलब्ध छन्।
बलियो स्ट्रीट फाइटर लुक्स चाहनेहरूका लागि शक्तिशाली MT-15 V2 उपयुक्त विकल्प हुन सक्छ भने, १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधि सहितको Aerox 155 ले बिल्कुलै नयाँ खालको स्पोर्टी स्कूटरको अनुभव दिन्छ।
अफ-रोड साहसिक यात्राका लागि अत्यन्तै कडा र भरपर्दो बनावटको WR 155R तयार छ। त्यस्तै, दैनिक सवारीका लागि स्टाइल, पर्फर्मेन्स र लक्जरीको उत्कृष्ट संयोजन चाहनेहरूका लागि FZ-S V3आदर्श विकल्प हो, जसमा यामाहाको विश्वासिलो ब्लु कोर प्रविधि र मस्कुलर स्ट्रीट डिजाइन समावेश गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend