जन आकाश
काठमाडौं । गायक प्रकाश दुतराजले नयाँ गीत “राम साइँली” सार्वजनिक गरेका छन्।
नयाँ वर्षको अवसर पारेर प्रकाशले ल्याएको गीतमा उनी र गायिका मेलिना राईको स्वर छ।
प्रकाशले “जुन माया” गीतयता लगातार मेलिना राईसँग सहकार्य गरिरहेका छन्। यी दुईको सहकार्यमा यसअघि सार्वजनिक “जुन माया” सहित रिमै र रेशम गरी तीनवटै गीत करोड क्लबमा छन्।
राम साइँलीको कुरा गर्दा यसअघिजस्तै यो पनि प्रकाशको मौलिक भाका हो। गीतको शब्द र संगीत उनकै हो। संगीत संयोजन बि.बि अनुरागीले गरेका छन् भने मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसाईलीको छ।
यसको भिडिओ ग्रामीण परिवेशमा रहेर तयार पारिएको छ, जसमा प्रकाशसँगै सिमन्ता बिकको अभिनय छ। मौसम हिमालीले भिडिओको कोरियोग्राफी एवं निर्देशन गरेका हुन् भने अनिल के। मानन्धरको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ।
शुक्रबार राति सार्वजनिक गीतले यतिबेला स्रोतारदर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend