logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

फिल्ममा डेब्यु गर्दै प्रकाश दुतराज


  • जन आकाश
  • मंगलबार, बैशाख १६ २०८२

काठमाडौं । लोक गायक प्रकाश दुतराजले फिल्ममा डेब्यु गरेका छन्।



संगीतमा लागेको छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाएका उनले “आहुति” बाट फिल्ममा डेब्यु गरेका हुन्। फिल्मको यतिबेला पूर्वको पाँचथरमा छायाँकन भइरहेको छ।

फिल्ममा प्रकाशले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन्। यसमा “होस्टेल ३” बाट डेब्यु गरेका रिहान गिरीको पनि शीर्ष भूमिका रहनेछ।

फिल्ममा प्रकाश दुतराजको गीत समेत रहनेछ। कथा अनुसारको गीत उनले तयार गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend