जन आकाश
काठमाडौं । नेपाली समाजको गाउँघर, परिवार र परम्परागत परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको टेलिश्रृंखला ‘मुल घर’ छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ।उक्त सिरियलले नेपाली समाजको मौलिक मूल्य, भावना र यथार्थतालाई समकालीन शैलीमा प्रस्तुत गरेको छ।
निर्देशक स्वानिका बास्तोलाको सशक्त निर्देशनमा तयार गरिएको यो श्रृंखलामा उनले गाउँको परिवेश, पात्रहरूको मनोदशा र कथाको गहिराइलाई कलात्मक ढंगले प्रस्तुत गरेकी छिन्। सिरियलको दृश्य संयोजन, अभिनय र संवादमार्फत यथार्थतालाई जीवन्त बनाइएको छ, जसले दर्शकहरूलाई कथासँग आत्मसात गर्न मद्दत पुर्याएको छ।
सिरियलमा प्रमुख कलाकारहरू विनोद श्रेष्ठ, स्वानिका बास्तोला, अभिषेक जोशी, सुमित्रा अधिकारी, मोहन कृष्ण श्रेष्ठ, आरजे सिंह ठाकुर, राम बुढाथोकी, सुर्य श्रेष्ठ, मीना जीसी, दिप शेर्पाली, नारायण खाती, छाया भुजेल, र रीमा दाहालले अभिनय गरेका छन्। उनीहरूको जीवन्त अभिनयले कथालाई थप सशक्त बनाएको छ।
शब्दमा लोकराज अधिकारी, संगीतमा योगेश काजी शाह र सुरज खित्रीको योगदान रहेको छ भने स्वरमा सदिक्षा कटेलले आवाज दिएकी छिन्। सिरियलको सम्पादन दिप शेर्पालीले गरेका हुन्। सिरियलका निर्माता पनि निर्देशक स्वयं स्वानिका बास्तोला नै हुन्।

‘मुल घर’ सिरियल (MULGHAR OFFICIA) युट्युब च्यानलमार्फत प्रसारण हुँदै आइरहेको छ। हालसम्म १९ औं एपिसोड सार्वजनिक भइसकेको छ र सामाजिक सञ्जालमा यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ। कथाको प्रस्तुतिलाई दर्शकहरूले अत्यन्त रुचाएका छन् र आगामी एपिसोडको प्रतिक्षामा रहेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend