जन आकाश
लोकतान्त्रिक साशन व्यवस्थाका तानाशाही प्रबृतिको अन्त्य होस् ।
नेपालमा २००७ साल फागुन ७ गतेलाई मान्ने हो भने लोकतन्त्र आएको ७४ वर्ष भयो । २०४६ साललाई मान्ने हो भने ३५ वर्ष भयो । गणतन्त्र स्थापना भएको समयलाई मान्ने हो भने १८ वर्ष भयो । यि ईतिहाँसहरु पढदा तथ्यहरु हेर्दा नेपालमा लोकतन्त्रको पूर्ण अभ्यास भईसकेको जस्तो भान हुने गरेको छ ।
तर नेपालमा हुने गरेका प्रशासनिक क्षेत्रवाट हुने गरेका मानवीय क्षेत्रमा गर्नुपर्ने कामहरु हेर्दा सन्तोषजनक देखिदैन । त्यो विशेष गरेर लोकतान्त्रिक पद्धती देश गईसकेको अवस्थामा राज्यको तर्फवाट नागरिकहरुमा गर्नुपर्ने जिम्मेवारीहरु लोकतन्त्रको अभ्यासहरु गरेको देखिदैन ।
२०६२/६३ जनआन्दोलन पछि रौतहटको गौरमा भएको साप्रादिक घटनामा हुन लागेको थाहा पाउदा पाउदै पनि राज्यले त्यहा दुवै पक्षका नागरिकहरुलाई संभावित र्दुघटना हुनवाट रोक्न थप कदम चाल्न सकेन उक्त सप्रदायिक घटनामा भालाले रोपेर समेत मानिसहरुको बिभत्सा हत्या भएको थियो ।
यस्तै टिकापुर घटनामा सुरक्षाकर्मीको बिभत्सा हत्या भएको थियो । यस्ता मानव विरोधी घटनाहरु द्धान्द्धकालमा भएपनि शान्ति प्रक्रियामा आईसकेपछि र लोकतन्त्रको अभ्यासमा नयाँ संविधान नै जारी गरेर नागरिकहरुको पूर्ण सुरक्षा गर्नुपर्ने कत्व्य पुरा हुन सकेको देखिदैन ।
हुदा हुदा नेपालमा आफ्ना अधिकार कुष्ठित भएको अन्याय भएको विषयमा माइतीघर मण्डला भन्दा अलिपर सरकारले ठाउनै छुट्याई दिएको छ । उक्त क्षेत्रमा कतिपय धर्ना बस्ने मानिसहरुलाई प्रहरीले उठाएर लिएर जाने र अनाआश्यक डर देखाएर स्वतन्त्र रुपमा नागरिकले प्राप्त गर्नुपर्ने अधिकार सम्बधित निकायमा पु¥याएर दिलाउनुपर्ने ठाउँमा उल्टै राज्यको प्रहरी प्रशासनले दमन गरेको देखिन्छ । जसको पहुच र पार्टी छैन त्यस्ता नागरिकहरुको सुरक्षा, न्याय हुन सकेको छैन ।
त्यस्तै पछिल्लो समय बिभिन्न पार्टी, वादी लगायतले आन्दोलनको रुपमा प्रदर्शन गर्दा राज्यतर्फवाट भएका आन्दोलनकारीहरु माथि भएको व्यवहार र मानिस नै मार्ने गरी गोली प्रहारका घटनाले लोकतान्त्रिक व्यवस्थामा साशनसत्ता सञ्चालन गर्न पुगेका व्यक्तिहरुले लोकतान्त्रिक तानाशाहीको रुपमा विकास गर्न अफूलाई उदयमान नव तानाशाह बनाउदै लगेका छन् । यहि चैत्र १५ गते भएको राजावादीहरुको संयुक्त आन्दोलनको रिपोर्टिङ गर्न पुगेका एभिन्यूजका सुरेस रजक जिउदै जलाईनु उनको रिपोर्ट अहिलेसम्म संकास्पद रुपमा राखिनु आन्दोलनमा नै नगएका पसलमा सामान किन्दै गरेका विद्यार्थीलाई गोली लाग्नु घाइते भएका नागरिकलाई सरकारले सुलभ ढंगवाट उपचार गराउन नसक्नु शान्तिपुर्ण आन्दोलनमा आएका मानिसहरुमा गोली चलाउनु, राष्ट्रियगान बजिरहेको ठाउमा असु्र ग्यास प्रहार गर्नु जस्ता घटनाहरुले लोकतान्त्रि गणतन्त्र व्यवस्थाका नेतृत्व गर्नेहरुले लोकतान्त्रिक तानाशाहको भुमिका देखाउन थालेका छन् ।
यस्ता प्रबृतिको विरुद्धमा नेपाली जनताले डटेर सामाना गर्र्दै आउदा दिनमा यस्ता लोकतान्त्रिक तानाशाही प्रबृति विरुद्ध एक ढिक्का भई परास्त गर्न सक्नुपर्दछ । त्यसकारण यस्ता प्रबृतिको अन्त्य गर्न जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend