logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

म्याग्दीमा सुरू भयो “माइतीघर” को छायांकन


  • जन आकाश
  • बिहिबार, बैशाख १८ २०८२

काठमाडौं । फिल्म “माइतीघर” को छायांकन बिहीबारदेखि म्याग्दीमा सुरू गरिएको छ।



रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्मको म्याग्दीको ताकम गाउँमा शुभसाइत गर्दै छायांकन सुरू गरिएको हो। त्यहाँको गणेश मन्दिरमा शुभसाइत गर्दै पूजा गरिएको थियो।

निर्माता अधिकारीका अनुसार २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ भने बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा बाँकी छायांकन गरिनेछ।

शुभसाइत समारोहमा धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पहिलो पटक गाउँमा फिल्मको छायांकन हुन लागेको भन्दै खुसी व्यक्त गरे। यो फिल्मबाट गाउँको पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष पुनको छ।

वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले उचित प्रसारप्रसार हुन सकेको खण्डमा गाउँको विकास हुने बताए।

शुभसाइत समारोहअघि फिल्मको टिमलाई गाउँमा बाजा बजाउँदै स्वागत गरिएको थियो। यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहनेछ। मिलन तामाङले फिल्म निर्देशन गर्नेछन् भने यसमा सुसन प्रजापतिको छायांकन रहनेछ। फिल्मलाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend