logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विकासको लक्ष्य भेट्न प्रणाली परिवर्तन गरौं 


  • जन आकाश
  • शुक्रबार, बैशाख १९ २०८२

नेपालमा विकास भएन । राजनीतिक पार्टीहरुले काम गरेनन् । भष्ट्रचार गरे यस्तै यस्तै आरोपहरु दिनहु सुनिने शव्दहरु हुन् । तर नेपालको विकासको प्रणाली राणाकालीन समयमा जसरी विकासका बजेट छुट्याइथ्यो त्यसैगरी बजेट छुट्याउने र त्यतिवेला विकासको आवश्यकताको आधारमा र बजेटको क्षमताको आधारमा हुने गर्दथ्यो भने आजभोली राजनीतिक पार्टीहरु कुन कनु पार्टीका मन्त्रीहरु मन्त्रालयमा छन् । ठूलो दलको प्रभावशाली नेताले भनेका क्षेत्रहरुमा वजेट बढी पार्नेगरी गर्ने अर्थ मन्त्रालयका सचिवहरु योजना आयोगका योजनाकारहरु, बजेट विनियोजित गर्न बनाएको संसदीय समिति लगायतका पदाधिकारीहरु देखिएता पनि पार्टी, व्याक्ति केन्द्रीत र प्रणाली पुरानै तरिकाले देशको विकास बजेट छुट्याउने गरेको देखिन्छ ।



यस्ता लैवरी र सधैभरी एकैनासले बिनियोजित गरिने वजेटले नेपालको विकासमा टेवा दिन सक्दैन र प्रतिफल भएको देखिदैन । कृषि प्रधान देश भनेर नेपालमा रटाई रटाई पढाएर किसानको हितमा फिल्डमा नै कार्यक्रम अहिलेसम्म कुनै पनि सरकारले वा त्यस कृषि मन्त्रालयसँग सम्बन्धित कुनैपनि निकायले नयाँ आयाम थपेको देखिदैन । मात्र विदेशीले बनाएका कृषि औजार किन्न कति कमिशन लिन सकिन्छ र अनुदानमा सेटिङमा काम गर्न सकिन्छ भन्ने लैबरी तरिकामा नै केन्द्रीत छ ।

अर्कोतर्फ नेपालको कृषि प्रणाली, बजारको व्यवस्थापन, बसोवासको व्यावस्थापन सही र सहज ढंगवाट नागरिकहरुलाई बसाउने तरिकाहरु अर्थात प्रणालीको विकास गर्न सकेको छैन । यस्ता विषयहरु कहिल्यै पनि कुनैपनि पार्टीले सरकारको सञ्चालन गरेको वेलामा देखिएको छैन ।

बरु गैर सरकारी विद्युत कम्पनीहरुले विद्युत उत्पादन गरेका क्षेत्रहरुमा मानिसहरुको वसोवास एकीकृत रुपमा हुदा त्यस क्षेत्रमा अटोमेटिक मानिसहरुले सुविधा भोग गरिरहेका देखिन्छन् । सरकारले आफै योजना तर्जुमा गर्न नसकेपनि यस्ता अभ्यासमा आएका उदारणहरु देखेर पनि नेपालको भौगोलिक अवस्थालाई हेर्दै विकासको प्रणालीमा सुधार ल्याउनुपर्ने हो । त्यो देखिएको छैन ।
केही केही निर्माणका सुधारहरु चै भएका छन् । जस्तै सिक्टा सिचाई परियोजना, सुनकोशी मरिन सिचाई योजना यि योजनाहरु कृषिका लागि उपयुक्त छन् । तर सिचाई पुगीसकेपछि त्यस क्षेत्रमा खाद्यन्न उत्पादन गर्ने पकेट क्षेत्र छुट्याउन अहिले देखिनै गृहकार्य गर्नुपर्ने हो । त्यो काम देखिएको छैन । यस्ता ध्यान नपुगेका विषयहरुमा ध्यान दिदै लक्ष्य भेटाउने प्रणालीमा सरकार सम्बन्धित पक्ष लागेर नेपालको विकास गर्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend