logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

किसानको जिवनमा जहिलेपनि पीडा नहोस्


  • जन आकाश
  • शनिबार, बैशाख २० २०८२

किसानको जिवनमा जहिलेपनि पीडा नहोस् ।
कृषि प्रधान देश भनेर रटाई रटाई पढाउने देश नेपालमा कहिले कृषकले मल पाएनन् भनेर समाचार आउछ । कहिले लगाएको वालीमा असिनाले सखाप भनेर समाचार आउछ । कहिले अनेक प्रकारका रोगहरु बालीमा लागेर किसान निरास भन्ने समाचार पढ्नुपर्छ । कहिले उन्नत जातको मक्कैको विउ वितरण सरकारले नै गरेको तर घोगा लागेको दाना नलागेको भनेर पढ्नुपर्छ । यो सवै कुराहरु सुन्दा पढ्नुपर्दा सधै किसानहरु निरास हुने वातावरण बनाउन कतै सरकार स्वयम नै त लागेको छैन ? प्रश्न उठाउने ठाउँहरु प्रसस्त रहेका छन् ।



विगत पराम्परागत रुपमा खेती गर्दै आएका नेपाली किसानहरुलाई उन्नत जातको विउ वितरण गरेर धेरै फल्ने नाममा आत्मनिर्भर भएको देशलाई परनिर्भर बनाउन सरकार स्वयले नै यस्तो काम गर्न लागेको देखिन्छ । नेपालमा विषदीमक्त कृषि उत्पादन हुदै आएकोमा अचेल धेरै खाद्यन्न उत्पादन गर्ने नाममा विकसीत मलहरु प्रयोग गरेर माटोलाई विगार्ने र रोगहरु उत्पादन गर्ने काम पनि हुन थालेको छ ।

किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन बजारको राम्रो व्यवस्थापन हुन नसक्दा किसानको जिवन यापनमा समस्या भईराखेको छ । कृषि प्रधान देशमा ठूलो स्केलमा खाद्यन्न, फलफूल, तरकारी उत्पादन गर्ने पकेट क्षेत्र कतै छुट्याएको समाचार अहिलेसम्म सुनिएको छैन । तर कमिशन पाउने हुनाले सित भण्डार भनेर भवन चै बनाउने तर भित्र खाद्यन्न, तरकारी व्यवस्थापन गर्ने मेशिन औजारहरु चै व्यवस्थापन नगर्ने जस्ता चलन देशैभरी छ ।

यस्ता कामहरुले किसानलाई सधै निरासा मात्रा पारेको छ । कृषि प्रधान देशमा झण्डै बार्षिक १ खरब बराबरको कृषिजन्य वस्तु विदेशवाट आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता नेपालको छ । त्यसैले किसानहरुलाई उत्साह भर्ने काम गरेर नेपालले नेपालीलाई चाहिले खाद्यन्न, फलफूल, तरकारी आत्मनिर्भर बनाउन विशेष कृषि योजना ल्याउनुपर्छ र निरासा बोकेर काम गरिरहेका किसानहलाई प्रोत्साहन भर्ने काम गर्नुपर्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend