logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्वतन्त्र सुसेली वाचन/गायन एवम् समीक्षात्मक कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बुधबार, बैशाख २४ २०८२

काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसनले यही मिति २०८२ बैशाख २० गते शनिबार वरिष्ठ कवि डा. यज्ञश्वर निरौला एवम् यस संस्थाका संरक्षक एवम् संस्थापक सल्लाहकार द्वय चन्द्रा न्यौपाने र गङ्गा लिगल विशिष्ट अतिथि रहनुभएको छयसट्ठीऔं कार्यक्रम फाउन्डेसनकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्यबाट सुरु गरी सञ्चालन गर्नु भएको थियो ।



१५ जना कवि साहित्यकारहरूको उपस्थितिमा सञ्चालित स्वतन्त्र सुसेली वाचन/गायनका साथै सातौं वार्षिकोत्सव कार्यक्रमको समीक्षात्मक कार्यक्रममा विशिष्ट अतिथि डा. निरौलाले आज उपस्थित सबै कवि साहित्यकारहरूले मीठा सुसेली सिर्जना गरी सुनाउनु भएकोमा खुसी व्यक्त गर्दै अबका १०० वर्षपछि पनि सुसेलीको रौनक यसै अनुरूप अगाडि बढिरहेको होओस् भन्ने कामना गर्दै यस संस्थाले सातौं वार्षिकोत्सवमा सम्मानित हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । सुसेलीको मौलिकता र पौराणिकतामा आधारित आफूले सुनेका र आफैंले रचना गरेका केही उदाहरण सुसेली गाएर सुनाउनु भयो ।

यसैगरी अर्की विशिष्ट अतिथि चन्द्रा न्यौपानेले आज वाचन भएका सुसेलीको समीक्षात्मक टिप्पणीसहित सातौं वार्षिकोत्सवका विषयमा आएका समीक्षात्मक टिप्पणीको स्वागत गर्दै आगामी दिनमा सबैका सल्लाहअनुसार नै संस्थाले कार्यक्रम तय गर्दै जानेमा आफू विश्वस्त रहेको बताउँदै र संस्थाको उत्तरोत्तर प्रगतिका लागि असीम शुभकामना व्यक्त गर्दै नयाँ वर्ष सम्बन्धी दर्जन सुसेली गाएर सुनाउनुभयो । अर्की विशिष्ट अतिथि गङ्गा लिगलले संस्था परिवारलाई शुभकामना दिँदै संस्थाले विविध कार्यक्रमहरू गरेर उदाहरणीय सन्देश दिइरहेको कुरा उल्लेख गर्दै आफूले रचना गरेका आमा सम्बन्धी दश वटा सुसेलीहरू वाचन गर्नु भयो ।

अन्य थप सुसेली गायन/वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा कल्पना अधिकारी भट्टराई, पवनकुमार बुढाथोकी, चन्द्रावती अधिकारी, घनश्याम पौडेल, विमला ढकाल समीक्षा, विमल अर्याल, उत्तम शर्मा र उत्तम विचार भेटुवालले हालसालै देशमा र आफ्नो व्यक्तिगत तवरमा घटिरहेका घटनाहरू एवम् नयाँ वर्ष र आमाका विषयमा समसामयिक सुसेलीहरू गाएर सुनाउनुभयो ।

अन्त्यमा सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष सभापति दुर्गा अधिकारी ‘भमरकोटे’ ले सुसेलीको यो छैयसट्ठीऔं कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै गत हप्ता सुसेलीको वार्षिकोत्सव रहेकामा सम्मानित सबैमा बधाईसहित समीक्षात्मक टिप्पणी दिएर सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवादसहित सुसेली के हो र किन नेपाली साहित्यमा सुसेलीको महत्त्वका विषयमा चर्चा गर्दै आफूले रचना गरेका सुसेलीकै व्याख्या हुने केही सुसेलीहरू गायन गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend