logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राजेश हमाल ८ वर्षपछि फिल्म अभिनयमा


  • जन आकाश
  • शुक्रबार, बैशाख २६ २०८२

काठमाडौं । अभिनेता राजेश हमाल ८ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन्।



उनको कमब्याक फिल्म नरसिंहाः अवतारु को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार बेलुका सार्वजनिक ट्रेलर राम्रो भ्युज र प्रतिक्रियासहित यतिबेला युट्युब ट्रेन्डिङमा छ।

काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलर एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित छ। जहाँ राजेशलाई शोषण, अन्याय र अन्याचारको विरुद्ध लड्ने नायकको रूपमा प्रस्तुत गरिएको छ। उनको निकै चर्चित डाइलग ुहेु लाई समेत ट्रेलरमा समावेश गरिएको छ।

फिल्ममा अभिनय गरेका अधिकांश कलाकारहरूलाई ट्रेलरमा देखाइएको छ।

दिवाकर भट्टराई लेखन तथा निर्देशनमा बनेको ‘नरसिंहाः अवतार’ मा राजेशसहित सनिशा भट्टराई, सरोज खनाल, नीति शाह, राज कटुवाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतको अभिनय छ।

फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको द्वन्द्ध निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी छ।

करण सिंह प्रोडक्सन म्यानेजर रहेको फिल्ममा समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ।

नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने फिल्मको निर्माता हुन्।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend