logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विकास निर्माण समयमा हुने प्रदुषणको अन्त्य गरौं


  • जन आकाश
  • आइतबार, बैशाख २८ २०८२

नेपाल विकासउन्मुख राष्ट्र घोषणा गरेको पनि धेरै भईसक्यो नेपालका विकास निर्माणका कामहरु कतिपय ठाउँहरुमा भई पनि रहेका छन् । विशेष गरेर मूख्य राजमार्गहरु निर्माण गर्ने चरणमा छन् ।



त्यसैगरी जलविद्युत आयोजनाहरु, शुरुङमार्गहरु, सिचाई नहरहरु निर्माणमा चरणमा छन् । विकास गर्नु आफैमा राम्रो कुरा हो । यसलाई सकारात्मक रुपमा लिनु पर्दछ ।

विशेष गरेर मूख्य राजमार्गहरुमा वाटो विस्तार र निर्माण भइरहेको क्षेत्रहरुमा हुने गरेका अव्यस्थित र भद्रगोल अवस्थाले नागरिकहरुले सास्ति व्यहोर्नु परेको छ । नागरिकहरुकै लागि छिटो होस भनेर सतुङगल नागढुङगा सुरुङमार्ग निर्माणको चरणमा छ । त्यसैगरी मुङलिन थानकोट सडक पनि स्तरउन्नतिको चरणमा छ । त्यहा भईरहको विकास निर्माणका कामहरु चलिरहेका छन् ।

नेपालको हालसम्म मूख्य राजमार्ग भनेकै यही हो । यस क्षेत्रमा अव्यस्थित तरिकाले विकास निर्माणका कामहरु भइरहेको हुनाले घण्टौ सवारी जाम हुने समस्या, धुलो उड्ने समस्याहरुले मानिसहरु हैरान भएका देखिन्छन् । कुनैवेला मुङलिन–नारायाणघाट सडक खण्ड त्यस्तै भद्रगोल अवस्थामा निर्माण भईरहेको थियो । वषौसम्म नागरिकहरुले यसरी नै दुखः पाईरहेको थिए । यात्रामा रहेका यात्रुहरु घण्टौ जाममा परेर धुलो र धुवा स्वास प्रस्वास प्रणालीमा जादा स्वास्थ्यमा असर परेर कतिपयलाई बिभिन्न रोग समेत लाग्ने गर्दछ ।

त्यसैले यस्ता विकास निर्माणका कामहरु गर्दा निर्माण कम्पनी र सरकार दुवैले आफ्ना नागरिकहरुको सुरक्षाको लागि अपनाउनुपर्ने सावधानीहरु अपनाएको देखिदैन ।

अन्तरष्ट्रिय अभ्यासहरु जस्तै राजमार्गहरु निर्माण गर्दा स्वास्थ्य सुरक्षा पहिलो अपनाउने गरिएको हुन्छ । नेपालमो सन्दर्भमो त्यस्तो गरेको देखिएको छैन । त्यसैले आउदा दिनमा यस्ता राजमार्गहरु बनाउदा सकभर रातिको समयमा बनाउने र दिउसो नगरि नहुने कामहरु मात्र दिउसो गरेर व्यवस्था मिलाई नागरिकको सुरक्षा गर्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend