logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7


  • जन आकाश
  • मंगलबार, बैशाख ३० २०८२

काठमाडौं । नेपाल – बैशाख २९, २०८२ ( एमएडब्लू वृद्धिले अन्तर्राष्ट्रिय स्तरको (TUNLAND G7) अब नेपालमा पनि आउने तयारीमा रहेको बताएको छ। यो नेपाली बाटोहरूमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको एक शक्तिशाली गाडी हो।



यसले नेपालको विभिन्न भूभागमा एक वर्षसम्म गरिएको परीक्षण पार गर्दै नेपालको जटिल तथा विविधयायुक्त सडक अवस्थाका लागि आवश्यक पर्ने क्षमता, शक्ती र साइजको लागि आफ्नो उपयुक्तता प्रमाणित गरिसकेको छ।

उन्नत फिचरहरूसँगै TUNLAND G7 बलियो मात्र नभई फराकिलो पनि छ। यसमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क छ, जसले हरेक किसिमका सडकमा आवश्यक पर्ने प्रदर्शन क्षमताहरू प्रदान गर्छ।

२२५ मिमिको ग्राउन्ड क्लियरेन्स भएकोले यसलाई अप्ठ्यारो, उकालो-ओरालो तथा उबडखाबड सडकमा पनि सजिलै चलाउन सकिन्छ। यसमा भएको मोडर्न इन्जिन ‘पुस-स्टार्ट’ बटनले यसलाई नयाँ चालकहरूका लागि झनै सजिलो बनाउँछ।

सुरक्षाका दृष्टिकोणले चालकहरूका लागि ‘हिल होल्ड कन्ट्रोल’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता सुविधाले सहुलियत प्रदान गर्दछन्। १२.३ इन्चको ‘इनफिनिटी स्क्रिन’ले गाडीको भित्री भागलाई अत्याधुनिक र प्रिमियम बनाउँछ। यस स्क्रीनले उन्नत प्रविधि र शैलीको सन्तुलन दिन्छ भने पानोरामिक सनरुफले प्राकृतिक प्रकाश र ताजगी ल्याएर नेपालको सुन्दर दृश्यसँगको यात्रालाई झन रमाइलो बनाउँछ।

सिटहरूमा ‘हिटेड’ र ‘भेन्टिलेटेड’ सिस्टम छ जसलाई इलेक्ट्रिक रूपमा १२ तरिकाले एडजस्ट गर्न सकिन्छ। साथै, यसमा भएको अटोमेटिक एयर कन्डिसनिङले वर्षभरि नै तापक्रम सन्तुलित राख्छ।

TUNLAND G7 एउटा यस्तो सम्पूर्ण प्याकेज हो जसले शक्ति, सुरक्षा र लक्जरी एकै ठाउँमा ल्याएको छ।

यसले नेपालका पिकअप गाडीहरूको बजारमा नयाँ मापदण्ड कायम गर्नेमा एमएडब्लू वृद्धि विश्वास्त छ र नेपाली ग्राहकहरूलाई यो नयाँ अनुभव लिन हार्दिक आमन्त्रण गर्दछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend