logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु :२०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २ २०८२

काठमाडौं । नेपाल -२०८२ बैशाख ३१ -अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको महत्वपूर्ण उपलब्धिको आज घोषणा गरेको छ।



यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गर्दछ। यस सफलताको अवसरमा आज सेरेसले एक विशेष केक काट्ने समारोह आयोजना गरिएको थियो।

कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend