logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड


  • जन आकाश
  • सोमबार, जेष्ठ ५ २०८२

काठमाडौं  । नेपाल – २०८२, बैशाख २३ – सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल शो (PEVS) मा आफूले हासिल गरेका गौरवपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ।



अप्रिल २९ देखि सुरु भएर मे ४ मा सम्पन्न भएको इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी “ईभी ल्याण्ड एक्जिबिसन” मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस ईवान’का लागि मोस्ट अफोर्डेबल ईभी कार र डीएफएसके गेलोरा ई’का लागि फेवरेट कमर्सियल भेहिकल गरी एकै पटकमा तीनवटा अवार्ड जित्न सफल भएको हो।

यस सफलताले कम्पनीको इन्डोनेसियामा ईभी इकोसिस्टम बलियो बनाउने प्रतिबद्धता प्रमाणित गरेको छ। प्रदर्शनीमा विभिन्न ईभी मोडेलहरू प्रदर्शित गरिए पनि नयाँ जमानाका प्रोफेसनलहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको ब्याट्रीमा आधारित एसयुभी (BEV) सेरेस थ्रीले विशेष ध्यान खिचेको थियो।

प्रि-बुकिङ प्रणाली मार्फत सेरेस थ्रीको अन ड रोड (OTR) बुकिंग मूल्य जाकार्ता क्षेत्र (Jabodetabek) भित्र Rp370 र 398  मिलियनको बीचमा उपलब्ध गराइएको थियो। प्रदर्शनी अवधिभर कुल ७८२ वटा गाडी बुकिङ (BEV) हुँदा सेरेस थ्री एक्लैले नै ३०५ युनिट बुकिङ प्राप्त गरेको थियो। यसले हाई(स्पेसिफिकेसन भएका ईभी गाडीहरूमा उपभोक्ताको ठूलोचासो रहेको स्पष्ट देखाउँछ।

सेरेस थ्रीस् रिमोट पावर्ड एसयुभी ५४ किलोवाट आवरको शक्तिशाली ब्याट्रीले सुसज्जित सेरेस थ्रीले ४१२ किलोमिटर (Jabodetabek)  दूरी तय गर्न सक्छ। गाडीको आधुनिक इन्टेरियर र लेटेस्ट सुरक्षा फिचरहरूका विशेषताहरूले सेरेस थ्रीलाई प्रोफेसनल मोबिलिटीको लागि आदर्श विकल्प बनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend