जन आकाश
काठमाडौं । दिनेश राउत निर्देशित फिल्म “महाभोज” को ट्रेलर सार्वजनिक गरिएको छ।
आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा सहकारी ठगीको कथालाई देखाइएको छ।
विकास सुवेदीले कथा तथा पटकथा लेखेको यस फिल्मलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन्। फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायत कलाकारको अभिनय छ।
यो फिल्म जेठ १५ गतेदेखि प्रदर्शन हुँदैछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend