logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

‘दासी’ टेलि-सिरियलले मच्चायो तहल्का :संगीत सागरको निर्देशनमा भव्य निर्माण


  • जन आकाश
  • बुधबार, जेष्ठ ७ २०८२

काठमाडौं । चर्चित म्युजिक भिडियो निर्देशक संगीत सागर बुर्जाको निर्देशनमा निर्माण भइरहेको नयाँ टेलिसिरियल ‘दासी’ ले दर्शकहरूमा निकै उत्सुकता जगाएको छ । हाल सिरियलको छायांकनको काम सुरु भइसकेको छ र केही भागहरू छायांकनसमेत सम्पन्न भइसकेका छन् । नयाँ र पुराना कलाकारहरूको समिश्रणमा निर्माण भइरहेको उक्त टेलिसिरियल छोटो समयमै नेपाली दर्शकमाझ लोकप्रिय हुने सम्भावना देखिएको छ ।



‘दासी’ सिरियल सामाजिक यथार्थमा आधारित छ, जसले समाजको एक संवेदनशील पक्ष किशोरीको कथालाई प्रस्तुत गर्दछ । सिरियलले विशेषगरी नारीको कथालाई संघर्ष, पीडा र सामाजिक व्यवहारलाई गहिरो ढंगले चित्रण गर्ने उद्देश्य राखेको छ । यस्तै विषयवस्तु र दमदार प्रस्तुतिका कारण ‘दासी’ ले दर्शकको मन जित्ने धेरै सम्भावना बोकेको देखिन्छ ।

सिरियलको निर्माण र निर्देशन स्वयं संगीत सागर बुर्जाले गरेका छन् । उनले यसअघि थुप्रै चर्चित म्युजिक भिडियोहरू निर्देशन गरेर आफ्नो नाम स्थापित गरिसकेका छन् । ‘दासी’ सिरियलमा आफ्नो प्रस्तुति विस्तार गर्दैछन् ।

दासी सिरियलमा नयाँ अनुहारसँगै अनुभवी कलाकारहरूको सम्मिश्रण गरिएको छ । दासी सिरियलमा कृतिका जोशी डेब्यु गर्दैछिन् भने अन्य प्रमुख कलाकारहरूमा मञ्जु श्रेष्ठ, लक्ष्मीनाथ तिमल्सिना, श्रेया दुलाल, प्रयास विश्वकर्मा, बिरेन्द्र राना, स्वच्छ्या कठायत, तुलसा राई, विमला भुजेल, बिना पौडेल, संगीत सागर बुर्जा र विक्रम तामाङ रहेका छन् ।

कथा लेखनमा राजु कटेलको विशेष योगदान रहेको छ भने शब्द तथा संगीत ख्यातिप्राप्त संगीतकार बाबुल गिरीले तयार गरेका छन् । सिरियलको छायांकन र सम्पादनको जिम्मेवारी अनुभवी विश्वास भण्डारीले सम्हालिरहेका छन् ।

‘दासी’ सिरियल (Dasi Official’युट्युब च्यानलमार्फत चाँडै सार्वजनिक हुने तयारीमा छ । सामाजिक यथार्थ, गहिरो भावनात्मक पक्ष, सशक्त अभिनय र उत्कृष्ट निर्माण पक्षका कारण यो टेलिसिरियल नेपाली मनोरञ्जन क्षेत्रमा महत्वपूर्ण बनाउने विश्वास गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend