logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ईभीमा लगानी व्यवसायी भन्छन् : बैंकको किस्ता तिर्न कुनै समस्या छैन् ?


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ९ २०८२

काठमाडौं । समयको क्रमसँगै व्यवसायीहरू पनि लगानीका लागि एकपछि अर्को माध्यमको खोजीमा हुन्छन् । कोही एकै प्रकारको व्यवसायमा लगानी लगाइरहेका  हुन्छन् भने कोही फरक प्रकृतिको व्यवसायमा समेत हात हालिरहेका हुन्छन् ।



पछिल्ला वर्षहरू यातायातको क्षेत्रमा लगानी गर्नेहरूले आफ्नो लगानी एकै प्रकारको अर्को क्षेत्रमा ट्रान्सफर गरिरहेका छन् । त्यो हो, ईभी अर्थात् इलेक्ट्रिक भेइकल सरकारले ईभीलाई प्राथमिकता दिने नीति लिएसँगै केही वर्षदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गर्नेहरू एकै क्षेत्र तर फरक किसिमको व्यवसाय अर्थात् ईभीमा लगानी गरिरहेका छन् ।

राम्रो प्रतिफल र बचतका कारण व्यवसायीहरू त्यसबाट सन्तुष्ट देखिन्छन् भने ऋण लिएर व्यवसाय गर्नेहरूबाट समयमै किस्ता आउँदा बैंकहरु समेत खुसी देखिन्छन् ।

कोरोनापछि शिथिल बनेको बजारमा ईभीमा लगानी गर्नेहरू बढेसँगै बैङ्कहरूको ऋण प्रवाह समेत बढेको छ । बजारमा ऋणको प्रवाह बढ्दा एकातिर बैङ्किङ क्षेत्र अझै लगानी बढाउने तयारीमा देखिन्छ भने अर्कोतिर व्यवसायमा लगानी बढाउनेहरू समेत उत्तिकै देखिन्छन् ।

तर राज्यले कहिले कर नीतिमा परिवर्तन त कहिले बैंकबाट प्रवाह हुने लोनको सीमा अर्थात् लोन टु भ्यालु रेसियोमा परिवर्तन गरिरहँदा व्यवसायी र बैंक नै मर्कामा पर्ने गरेका छन् । किस्ता तिर्न सहजता हरेक मान्छेले आफैँसँग पैसा भएर मात्रै लगानी गरिरहेका हुँदैनन् ।

आफ्नो व्यावसायिक योजनालाई सार्थक बनाउन साथीभाइ, आफन्त र बैंकसँग समेत कर्जा लिइरहेका हुन्छन् । निश्चित समयपछि कर्जा तिर्नुपर्ने भएका कारण सुरु गरेको व्यवसायबाट प्रतिफल आएन भने त्यसले समस्या सिर्जना गर्दछ ।

जस कारण राम्रो प्रतिफल पाउने, किस्ता तिर्न सहज हुने मात्र नभएर आफ्नो घर खर्च समेत चलाएर थप व्यवसाय विस्तार गर्न समेत मान्छेले ऋण लिइरहेका हुन्छन् । पछिल्ला वर्षहरू ईभीमा लगानी त्यस्तै सार्थक व्यवसायको एक माध्यम बनेको छ । राम्रो प्रतिफल पाइने, बचत हुने र त्यसबाट आफ्नो व्यवसायलाई थप परिष्कृत गर्न सकिने भएपछि ईभीमा लगानी बढिरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend