logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दिपेश एसकेको लेखन, निर्देशन र अभिनयमा “तिम्रा लागि रुने मन” केही दिनमै सार्वजनिक हुँदै


  • जन आकाश
  • सोमबार, जेष्ठ १२ २०८२

काठमाडौं । पछिल्लो समयका व्यस्त र चर्चित म्युजिक भिडियो निर्देशक दिपेश एसकेको लेखन, निर्देशन र अभिनयमा तयार पारिएको नयाँ आधुनिक गीत “तिम्रा लागि रुने मन” केही दिनमै दर्शकमाझ सार्वजनिक हुने तयारीमा छ।



यस गीतमा नेपाली सङ्गीत क्षेत्रमा सशक्त पहिचान बनाएका सुप्रसिद्ध गायक प्रमोद खरेलको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई आधुनिक शैलीमा तयार पारिएको छ, जसले युवा पुस्ताको मन जित्ने अपेक्षा गरिएको छ।

गीतको शब्द, सङ्गीत उत्तम रावतले सिर्जना गरेका हुन् भने, एरेन्ज, मिक्सिङ झलक संगीतमले गरेका छन्। गीतको सम्पूर्ण ध्वनि सम्पादन आलाप रेकर्डिङ स्टुडियोमा गरिएको हो।

भिडियोमा मोडल दीपेश एसके, किरण साङबो र सबिना लो तामाङले अभिनय गरेका छन्। भिडियोलाई टेकेन्द्र साहले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन्, जसले दृश्यलाई अझ आकर्षक बनाएको छ।

गीतको लेखन, निर्देशन र मुख्य अभिनय निर्देशक दिपेश एसके आफैंले गरेका छन्। यस गीतले प्रेम, विछोड र भावनात्मक अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ, जसले धेरै दर्शकको मन छुने विश्वास लिइएको छ।

छिट्टै सार्वजनिक हुने तयारीमा रहेको “तिम्रा लागि रुने मन” गीतले नेपाली गीत संगीत क्षेत्रमा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend