जन आकाश
काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि इज अन वालेट को घोषणा गरेको छ। जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडी चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन्नेछन ।
यो अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने, र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउनेछ ।
यो सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्नेछन्। यसमा चार्जिंगका लागि 7 kW + 3.5 kW चार्जर, एक वर्षको अटो-प्लस बीमा, र एक वर्षको सवारी कर समावेश छन्।
थप रूपमा, ग्राहकहरूले निःशुल्क एसेसरीज , प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, र हरेक बुकिङमा माउन्टेन फ्लाईट प्राप्त गर्नेछन्।
उत्साह थप्दै, चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन्। यो अफर सीमित समयको लागि मात्र मान्य छ।
इच्छुक ग्राहकहरूलाई मूल्य बढ्नु अघि आफ्नो नजिकको नामी र सेरेसको शोरूम वा अधिकृत डिलरमा गई यी विशेष सुविधाहरूको लाभ लिन सक्नेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend