logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सुपरहिट फिल्म बन्यो “ऊनको स्वीटर”


  • जन आकाश
  • बुधबार, जेष्ठ १४ २०८२

काठमाडौं । विपिन कार्की र मिरूना मगर अभिनीत “ऊनको स्वीटर” यो वर्षको पहिलो सुपरहिट फिल्म बनेको छ।



नविन चौहान निर्देशित यो फिल्मले राम्रो कमाइ गर्दै वर्ष २०८२ को पहिलो सुपरहिट फिल्म बनेको हो। गत फागुनमा रिलिज अञ्जिलाु यता नेपाली फिल्मको व्यापार अपेक्षित नरहेकोमा “ऊनको स्वीटर” हेर्न दर्शकको उत्साहजनक उपस्थिति छ।

गत वैशाख २६ गते रिलिज फिल्मले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले यो फिल्मलाई सुपरहिटको मान्यता दिइसकेको छ।

“ऊनको स्वीटर” ले दुई सातामा अर्थात गत बिहीबारसम्म घरेलु बजारमा ८ करोड १० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माता कम्पनी आर्टमाण्डु नेपालले जनाएको थियो। त्यसयताको कलेक्सन भने सार्वजनिक गरिएको छैन।

म्युजिकल फिल्ममार्फत दर्शकको मन जितेको आर्टमाण्डुको यो पहिलो फिल्म हो। फिल्ममा विपीन र मिरूनासहित एलेक्स पारस, परीक्षा लिम्बु,विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङ लगायत कलाकारहरूको अभिनय छ।

कथानक गीतबाट दर्शकको मन जितेका कारण पनि आर्टमाण्डुको यो फिल्मलाई लिएर दर्शकहरू पहिल्यैदेखि उत्साहित थिए। फिल्मको टिजर, ट्रेलर र गीत–संगीतले दर्शकमाझ राम्रो ‘हाइप’ बनाएको थियो।

पूर्वी पहाडको बहुसांस्कृतिक परिवेशमा रहेर बनेको प्रेमकथानक यो फिल्मलाई दर्शकले पनि प्रशंसा गरिरहेका छन्। वर्ड अफ माउथ बलियो रहेका कारण आउँदा दिनमा पनि फिल्मले राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend