logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्राध्यापक घिमिरेको रचनामा “तिम्रै मुटुमा” सार्वजनिक


  • जन आकाश
  • बिहिबार, जेष्ठ २२ २०८२

काठमाडौं । प्राध्यापक कैलाश घिमिरेको रचना रहेको “तिम्रै मुटुमा” बोलको गीत सार्वजनिक भएको छ।



यो प्रेमिल गीतमा बबिना भट्टराईको संगीत र स्वर छ। अमेरिकामा रहेका नेपाली मूलका प्राध्यापक कैलाश घिमिरेका यसअघि आमा, पुतली र पसिनाले अरब सिच्दा लगायतका गीत सार्वजनिक भइसकेका छन्। गणितका प्राध्यापक घिमिरे साहित्यमा समेत कलम चलाउँछन्।

“तिम्रै मुटुमा” गीतको भिडिओमा बबिना भट्टराई स्वयं फिचर्ड छिन्। उनकै युट्युब च्यानलमा भिडिओ सार्वजनिक छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend