logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पुजा देवकोटा र महेश सुनामको “रातमा सपनी” गीत शनिवार सार्वजनिक हुँदै


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २३ २०८२

काठमाडौं । गायक महेश सुनाम र गायिका पूजा देवकोटाको आवाजमा रहेको लोक–आधुनिक गीत “रातमा सपनी” भोलि कार्की अफिसियल युटुव च्यानलबाट सार्वजनिक हुँदै छ ।



गीतका शब्द विनोद कार्कीले लेखेका हुन् भने संगीत सुवास खड्काले तयार पारेका हुन्। चर्चित बाल गायिका पूजा देवकोटा र गायक महेश सुनामले गीतमा मिठासपूर्ण स्वर दिएका छन्।

गीतको एरेन्ज रामकृष्ण थापाले गरेका छन् भने छायांकन राजकुमार गिरीको रहेको छ। निर्देशन पनि शब्दकार विनोद कार्कीले नै गरेका हुन्।

गीतको भिडियोमा सञ्जीव मगर, अनिता खड्का, एलिजा कार्की, अनिता पौडेल, अस्मिता रोका, किरण साह, विनोद कार्की लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend