जन आकाश
काठमाडौँ । पाँचौ राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ बाट सर्वउत्कृष्ट आधुनिक गीत मंगल बिकको संगीत र अन्जु् पन्तको आवाज रहेको “म तिमिलाई मन पराउछु” गीत,भिडियो मोड्ल जुरी अवार्ड बिजेन्द्र नौवागेले हात पार्न सफल भएकाछन् ।

विगत लामो समयदेखि नेपाली कलाकारिताको क्षेत्रमा सक्रिय मोड्ल तथा गीतकार बिजेन्द्र नौवागेले कला,संकृति नेपाली गीत संगीतको संरक्षण, प्रर्वन्धन र श्रीवृदीमा गीत संगीत साथै मोड्लिङ मार्फत कला क्षेत्रमा पुर्याको योग्दानलाई मूल्याँङकन गर्दै पाँचौ राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ बाट चर्चित माड्ल बिजेन्द्र नौवागेलाई अर्वाडद्धारा सम्मान गरिएको आयोजकले बताएकाछन् ।
काठमाडौँको चलचित्र विकाश बोर्डमा सम्पन्न समारोहमा २२ विधामा अवार्ड प्रदान गरिको थियो । कार्यक्रममा प्रमुख अतिथि पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत लगायतले अवार्ड प्रदान गरेका थिए । आयोजक संस्था सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाह कार्यक्रमको सभापति थिईन् ।

समारोहमा बिशिष्ट गायिका एवम् गीतकार चन्द्रकला शाहलाई दिर्घ साधना कलाकारिता सम्मान प्रदान गरिएको हो । त्यस्तै नेपालकै पहिलो चलचित्र आमाका तिन अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी एवम् बसुन्धरा भुषाललाई चलचित्रकर्मी त्रीदेवी सम्मानद्धारा सम्मानित गरिएको थियो ।
यसै अवसर समारोहमा संगीतकार चेतन राई, सञ्चारकर्मी सोनित राज ढुङ्गेल, तुल सिंह रनपछाई, मिसेज नेपाल रेश्मा घिमिरे, गीतकार,गायक सुवास कार्की, संगीतकार मदन नेपाली, गायक धनराज चुनारा, गायिका अनिता कुँवर, बालकलाकार आरिया शाही, गोकर्णेश्वर नगरपालिका प्रशासकिय अधिकृत याम नारायण गौली सम्मानित भए ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend