जन आकाश
काठमाडौं । लोक–आधुनिक शैलीमा तयार गरिएको नयाँ गीत “रातमा सपनी” सार्वजनिक भएको छ । गायक महेश सुनाम र बाल गायिका पूजा देवकोटाको सुमधुर आवाजमा सजिएको यो गीत (Binod karki official) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीत सार्वजनिक भएलगत्तै युट्युब, फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा यसको निकै चर्चा भइरहेको छ। गीतको मिठासपूर्ण स्वर, भावनात्मक बोल र आकर्षक भिडियोलाई दर्शक तथा स्रोताहरूले निकै रुचाएका छन्। छोटो समयमा नै गीतले राम्रो प्रतिक्रिया बटुल्न सफल भएको छ।

गीतको शब्द विनोद कार्कीले लेखेका हुन् भने संगीत सुवास खड्काले भरेका छन्। गायनमा चर्चित बाल गायिका पूजा देवकोटा र सुमधुर स्वरका धनी महेश सुनामले आवाज प्रस्तुत गरेका छन्। दुवैको स्वरले गीतलाई झनै भावनात्मक र सन्देशमूलक बनाएको छ।
गीतको एरेञ्ज रामकृष्ण थापाले गरेका छन् भने छायांकन राजकुमार गिरीको रहेको छ। भिडियोलाई निर्देशन पनि कार्कीले नै गरेका हुन्, जसले भिडियोमा गीतको मर्म झल्काउन सफल प्रयास गरेका छन्।

भिडियोमा सञ्जीव मगर, अनिता खड्का, एलिजा कार्की, अनिता पौडेल, अस्मिता रोका, किरण साह, र स्वयंम विनोद कार्की समेतको अभिनय देख्न सकिन्छ। उनीहरूले गीतको भावनालाई दृश्यमार्फत प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्।
“रातमा सपनी” गीतले नेपाली लोक–आधुनिक संगीतप्रेमीहरूलाई नयाँ स्वाद दिएको छ भने नवप्रवेशी कलाकार र बाल प्रतिभाको उचाइ समेत दर्शाएको छ। गीतको सम्पूर्ण टिमलाई यस उत्कृष्ट सिर्जनाका लागि शुभकामना दिइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend