logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सञ्चार क्षेत्रको बृद्धि विकासमा जोड गरौं 


  • जन आकाश
  • बिहिबार, जेष्ठ २९ २०८२

नेपालमा सञ्चार क्षेत्रको बृद्धि विकासमा त्यति चासो सम्बन्धित निकायहरुले गरेको जस्तो देखिदैन । केही केही सुधार भएपनि विश्व परिवेशसँग प्रतिस्पर्धा गर्ने युगमा नेपालको सञ्चार क्षेत्र हिड्न सकेको छैन ।



नेपालमा सरकारको मातहतमा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरु छन् । जस्तै गोरखापत्र राष्ट्रिय दैनिक, रडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति जस्ता महत्वपूर्ण निकायले जनतालाई सुसुजित गर्ने र व्यवसायिक समेत गरेर संस्थाको रुपमा रहेका सञ्चार माध्यमहरु हुन् ।

तर यि निकायहरुले विश्व बजारमा आएको प्रविधिहरुको प्रयोग र आफ्नै तरिकाले सञ्चार क्षेत्रको बृद्धि विकास गर्न सकेको देखिदैन । अन्य देशहरुले प्रयोगमा ल्याएका तरिकाहरुलाई पछ्याउदै पछिपछि हिड्नु वाहेक अन्य बृद्धि विकासका कामहरु गरेको देखिदैन ।

त्यसैगरी नीजि लगानीमा सञ्चालन भईरहेका सञ्चार माध्यमहरुले पनि नयाँ ढंगवाट सञ्चार क्षेत्रको बृद्धि विकास गरेको देखिदैन । नीति लगानीमा सञ्चालित सञ्चार माध्यमहरुले आफ्नो व्यवसायिकतालाई मात्र ध्यान दिएको देखिन्छ । सञ्चार माध्मका कारण पत्यक्ष अपत्यक्ष समाजलाई सहयोग पुगेको भएपनि समग्र समाज राष्ट्रको लागि लक्ष्य बनाएर नै नीति क्षेत्रका सञ्चार माध्यमहरुले काम गरेको देखिएको छैन ।

त्यसकारण नेपाली सञ्चार जगतले गर्नुपर्ने काम जस्तो अनुसन्धानमूलक, खोजपुर्ण, तथ्यसँग आधारित बिषयवस्तुहरु खोजेर समाचार बनाउने दिनहरु विस्तारै नेपाली समाजमा हराउदै गएका छन् ।

यसको असरले भोलीका दिनमा नेपाली संस्कृति, नेपालीहरुको आफ्नो मौलिकतामा आच आउने खालका कार्यहरु हुन सक्छन् । त्यस कारण सञ्चार क्षेत्रमा नयाँ प्रविधिको बृद्धि विकास गर्दै समय अनुसारको विकासमा सम्बन्धित निकायहरुले ध्यान दिन जरुरी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend