logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सचिन खड्काको अभिनयमा ‘पैसामा मर्नेलाई’ सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौं । पछिल्लो समयका चर्चित मोडल सचिन खड्काको अभिनय रहेको नयाँ गीत ‘पैसामा मर्नेलाई’ सार्वजनिक गरिएको छ। गायक विशाल निरौलाको मार्मिक स्वरमा सजिएको यस गीतले समाजमा बढ्दो पैसाप्रतिको मोह र त्यसले पार्ने नकारात्मक प्रभावलाई प्रभावशाली ढंगले चित्रण गरेको छ।



गीतको म्युजिक भिडियोमा सचिन खड्कासँगै शिवानी मित्रा र दिनेश काठायतको अभिनय देख्न सकिन्छ। भिडियोले पैसाको पछि लाग्दा मानिसहरूले आफ्नो नैतिकता, सम्बन्ध र मानवीय मूल्यहरू कसरी बिर्सन्छन् भन्ने विषयलाई कथात्मक रूपमा प्रस्तुत गरेको छ।

संगीत संयोजन, छायांकन र सम्पादनमार्फत गीतको भावनालाई थप प्रभावशाली बनाइएको छ, जसले दर्शकहरूलाई भावनात्मक रूपमा जोड्न सफल भएको देखिन्छ। गीतले छोटो समयमा नै दर्शक तथा संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

सामाजिक सन्देश बोकेको ‘पैसामा मर्नेलाई’ले दर्शक र श्रोतालाई गहिरो सोचमा डुबाउने प्रयास गरेको छ। गीतको कथा, प्रस्तुति र कलाकारहरूको जीव्त अभिनयले यसलाई स्मरणीय बनाएको छ।

नेपाली संगीत क्षेत्रमा सन्देशमूलक र मनोरञ्जनात्मक प्रस्तुतीहरूको कमी भइरहेका बेला ‘पैसामा मर्नेलाई’ जस्तो गीतले नयाँ आयाम थपेको छ। पैसाको अन्धो दौडमाथि प्रश्न उठाउँदै यसले समाजमा सकारात्मक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend