logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने


  • जन आकाश
  • सोमबार, असार २ २०८२

काठमाडौं । नेपाल – २०८२ असार १स् नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लू फेस्ट” आज पोखराको सृजनाचोक  (एनसेल सेन्टर अगाडि)  एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ।



असार १ गतेदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

असार १ देखि ६ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ। यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन् :

.जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने।

. यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु.५०,००० को मूल्यांकन।
.अन्य ब्रान्डमा न्यूनतम रु.२५,००० को मूल्यांकन (कर चुक्ता अनिवार्य) ।
.एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस।
. रु.६,००० सम्मको नगद छुट।
.फ्री एक्सेसरिजहरू।
. निःशुल्क आर्थिक वर्ष ०८२र८३ को सडक कर भुक्तान।
. गारण्टरबिना सहज फाइनान्सिङ सुविधा।

चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङप्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ।

ARAI प्रमाणित ७१.३३ कि।मी। प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125 FI Hybrid देखि स्टाइलिश र स्पोर्टी लुकसहितको  Yamaha R15 V4 सम्म, यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ।

सडकमा दमदार उपस्थिति चाहनेहरूले MT-15 V2 र FZ V3 सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा Aerox 155 ले आफ्नो फरक पहिचान बनाएको छ। अफ- रोडका लागि WR155R जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध छन्।

यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्दछ।

यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र होइन, यो सवारी संस्कृतिको उत्सव पनि हो, जसमा इनोभेसन, फन र कम्युनिटी बीचको सम्बन्ध मिसिएको छ। त्यसैले तपाईं आफ्नो बाइक अपग्रेड गर्न खोजिरहनुभएको छ अथवा केवल फेस्टिभलको मजा लिन चाहनुहुन्छ भने, यो हप्ता यामाहा ब्लू फेस्ट पोखरा नै तपाईंको लागि सहि गन्तव्य हुन सक्छ।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो जो आफ्नो अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका लागि परिचित छ। यामाहाले निरन्तर रूपमा उत्कृष्ट प्रविधि र सेवाको सीमा फैलाउँदै देशभर नै उत्कृष्ट राइडिंग एक्सपिरियन्स प्रदान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend