logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“गोबर गणेश” फिल्म निर्माणमा बल्छी धुर्बे


  • जन आकाश
  • बुधबार, असार ४ २०८२

काठमाडौं । हल्का रमाइलो सिरियलको दृश्यमा मरिचमान श्रेष्ठ र पुजन घिमिरेहल्का रमाइलो सिरियलको दृश्यमा मरिचमान श्रेष्ठ र पुजन घिमिरे टेलिभिजन सिरियलका चर्चित कलाकार मरिचमान श्रेष्ठ “बल्छी धुर्बे” फिल्म निर्माणको तयारीमा छन्।



उनले बनाउन लागेको फिल्मको नाम गोबर गणेश राखिएको छ। केही दिनमा पोस्टर सार्वजनिक गर्दै फिल्मबारे औपचारिक जानकारी दिने मरिचमानको तयारी छ।

उनले हालसालै चलचित्र विकास बोर्डबाट गोबर गणेश नाममा निर्माण इजाजत लिएका छन्। मरिचमानको होम प्रोडक्सन बल्छी धुर्बे फिल्मस् प्रा.लिको ब्यानरमा फिल्म बन्न लागेको हो।

मरिचमानले विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दाको विवरणअनुसार निर्माता र निर्देशकमा उनी स्वयंको नाम उल्लेख छ।कलाकारमा सीतादेवी तिमल्सिना र पुजन घिमिरे छन्। सीतादेवी चर्चित हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन् भने पुजन हल्का रमाइलो सिरियलकी कलाकार हुन्। दर्शकमाझ पुकु नामले चर्चित पुजन सिरियलमा बल्छीको जोडीका रूपमा देखिँदै आएकी छन्।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend