logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

८ अग्ला भूभाग पार गर्ने फोटोन टुनल्याण्ड नेपालमा सार्वजनिक


  • जन आकाश
  • सोमबार, असार ९ २०८२

काठमाडौं – नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणका रूपमा फोटोनको प्रमुख पिकअप टुनल्यान्ड G7 लाई पुलचोकस्थित ‘द प्लाजा’ मा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।



यसअघि नै टुनल्यान्ड G7 ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ-रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ। नेपालमा डेब्यु गर्नु अघि यो गाडी १५,००० किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो।

असार ८ गते सम्पन्न भएको यस भव्य सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक  विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक  एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेशनलका प्रमुख अकाउन्ट निर्देशक  ली जुओचेंग, फोटोन इन्टरनेशनल प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर सुश्री एमिली डिङ,  लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ  तुषार गुप्ताले संयुक्त रूपमा यस परिवर्तनकारी सवारीसाधनको नेपाल आगमनलाई स्वागत गरे।

सार्वजनिक कार्यक्रममा बोल्दै  विवेक सिकारियाले भने, “नेपालका आफ्नै चुनौतीहरू हुँदाहुँदै पनि हामीले फोटोनसँग सहकार्य गर्ने निर्णय गर्‍यौं र म गर्वका साथ भन्न सक्छु कि आज त्यो विश्वास सार्थक भएको छ। पछिल्ला पाँच, छ वर्षमा हामीले नेपालमा १५०० भन्दा बढी फोटोन सवारी साधन बिक्री गरिसकेका छौं, जसमा ५०० भन्दा बढी पिकअपहरू पर्छन्।”

“आफ्टर सेल्स सर्भिस र स्पेयर पार्ट्सको मामलामा हामीले कुनै कसर बाँकी राखेका छैनौं। रोकथाम मेनटेनेन्सदेखि एक्सिडेन्टल मर्मतसम्म,G7 को मर्मत खर्च बजारका अन्य विकल्पहरूभन्दा २०५ कम छ।”

कार्यक्रमपछि टुनल्यान्ड G7 पहिल्यै बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो। फोटोन टुनल्यान्ड G7  बिल्ट फर हिमालय चीनमा अटोनोमस व्यवसायिक सवारी साधन सार्वजनिक गर्ने पहिलो ब्रान्डको रूपमा फोटोनको गौरवशाली इतिहास रहेको छ र आज पनि कम्पनी अत्याधुनिक डिजाइनमा अगाडि रहँदै आएको छ। टुनल्यान्ड G7 त्यहि इनोभेसनको सजीव प्रमाण हो।

यो गाडी बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूको लागि बनाइएको हो। १६० एचपी पावर र ३९० एनएम टर्कसहित G7 ले नेपालको सबै भूभागमा अद्वितीय प्रदर्शन दिन्छ। २२५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्सका साथ यो गाडी उबडखाबड बाटो, उकालो चढाइ र अनिश्चित हिमाली बाटाहरूलाई आत्मविश्वासका साथ पार गर्न सक्छ। हिल होल्ड कन्ट्रोल र हिल डिसेण्ट कन्ट्रोलले चढाइ र ओर्लाइ दुवैलाई सुरक्षित बनाउँछ र पुश-स्टार्ट इञ्जिन बटन सजिलै पहुँचयोग्य हुनेगरी औंलामै राखिएको छ।

तर, बलियो प्रदर्शन मात्र होइन, यो गाडीमा आराम पनि कम छैन। भित्री भागमा १२.३ इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ जसले नेभिगेसन र मनोरञ्जनको आवश्यकता पूरा गर्छ। तातो र चिसो हुने, १२ तरिकाले एडजस्ट गर्न सकिने इलेक्ट्रिक सिटहरू छन् जसले चालक र यात्रुलाई मौसमअनुकूल आरामदायी अनुभव दिन्छ। प्यानोरामिक सनरूफले आकासलाई नजिक ल्याउँछ,जसले शक्तिशाली गाडीभित्रको सौन्दर्य र खुलापनको अनुभूति दिलाउँछ। साथै, अटोमेटिक एयर कन्डिसनिङले जस्तोसुकै मौसममा पनि यात्रालाई सहज बनाउँछ।

फोटोनले सधैं उद्देश्यसहितको नवप्रवर्तनमा विश्वास गर्दै आएको छ र टुनल्यान्ड G7 औपचारिक रुपमा सार्वजनिक भएसँगै त्यो उद्देश्य अब नेपाली भावनासँग जोडिएको छ। पुलचोकको ‘द प्लाजा’मा सार्वजनिक गरिएको यो गाडी केवल नेपालको अटो बजारमा अर्को सवारी थपिएको होइन, यो त नेपालकै लागि डिजाइन गरिएको हो।

यो नयाँ पुस्ताको पिकअप गाडी घाम उदाएसँगै उठेर हिमालका उचाइहरूलाई साहस र सौम्यतासाथ पार गर्ने नेपालीहरूको परिश्रमी भावनाको उत्सव हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend