logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालको यू (१६) कृकेट टोली सेमिफाइनलमा प्रवेश


  • जन आकाश
  • मंगलबार, असार १७ २०८२

काठमाडौ । नेपालको यू (१६) कृकेट टोली सेमी फाइनलमा प्रवेश गरेको छ । समूह चरणको ए गु्रपमा रहेको नेपालले खेलेका सवै खेलहरुमा उत्कृष्ट नतिजा सहित समूह विजेता भएको हो ।



मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हरायो । नेपालले समूह चरणमा चारमध्ये चारवटै खेल जितेको हो ।

मलेसिया भने समूह बी को उपविजेता हो । मलेसिया हङकङसँग मात्र पराजित भएको थियो । हङकङ भने समूह बी को विजेता बनेर समूह ए को उपविजेता सिंगापुरसँग खेल्ने छ ।

सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् भने फाइनल शनिबार हुनेछ । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend