logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक पदपूर्तिको व्यवस्था गर्न नेविसंघको माग


  • जन आकाश
  • शुक्रबार, असार २० २०८२

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षक छनोट पद्धतीलाई योग्यताका आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्त हुने व्यवस्था लागू गर्न माग गरेको छ।



विद्यालय शिक्षा विधेयकमा शिक्षक पदपूर्ति आन्तरिकबाट ६० प्रतिशत र बाँकी खुलाबाट गरिने प्रस्ताव रहेकोमा नेपाल शिक्षक महासंघले आन्तरिकतर्फ ७५ र खुलातर्फ २५ राख्न माग गर्दै आएका छन्।

तर नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर शिक्षक छनोट पद्धतिलाई योग्यताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति हुने बनाउन माग गरेका छन्।

यसका साथै नेविसंघले इसिडी सहजकर्ताहरूले शिक्षकको मान्याता दिँदै शिक्षकहरूको मर्यादा, क्षमता, सेवासुविधा वृद्धि गर्ने र अस्थायी शिक्षक, राहत शिक्षकका हकमा गोल्डेन ह्याण्डसेक जस्ता राहत प्याकेज व्यवस्था गर्न माग गरेको छ।

नेविसंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ। शिक्षक पदपूर्तिसम्बन्धी व्यवस्थामा सरकार र शिक्षक महासंघबीच कुरा नमिल्दा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विधेयक रोकिएको छ।

विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि बनेको विद्यालय शिक्षा विधेयक २०८० असार १५ गतेभित्र जारी गर्ने गरी सरकारले शिक्षक महासंघ र विभिन्न आन्दोलनरत पक्षसँग लिखित सहमति भए पनि पारित गर्न ढिलाइ भइरहेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend