logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“क्याप्टेन साब” फिल्म बन्दै


  • जन आकाश
  • बिहिबार, असार २६ २०८२

काठमाडौँ । फिल्म ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ । दीपेन्द्र के खनालको निर्देशन रहने फिल्मको बिहीबार काठमाडौँको गौरीघाटमा शुभमुहूर्त गरिएको छ ।



‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् । शुभ मुहूर्तमा व्यवसायी डा।उपेन्द्र महतो क्ल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै फिल्मको सुरुवात गरेका थिए । पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा रहनेछन् ।

दीपेन्द्रले यसअघि ‘धनपति’ मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै फिल्ममा यी दुवैको पहिलो पटक सहकार्य हुन लागेको हो । कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायाङ्कन काठमाडौँसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । फिल्मको छायाङ्कन भदौको पहिलो साताबाट सुरु हुनेछ ।

‘क्याप्टेन साब एक फरक खालको फिल्म हुनेछ । क्याप्टेन रामेश्वर थापाको जीवनका उतार चढावसँगै सिनेम्याटिक लिबर्टी लिएर फुल इन्टरटेनमेन्ट बनाउने छौँ’, निर्देशक खनालले भने– ‘क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यवसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्ला आफैँमा गज्जवको चलचित्र बन्ने हाम्रो विश्वास छ ।

यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो फिल्मका निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल रहेका छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित हुन् । फिल्ममा निर्देशक खनालकै लेखन रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend